युगान्डामा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ पुग्यो

 कात्तिक २, २०७९ बुधबार ६:४३:३२ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

युगान्डामा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच जनाले ज्यान गुमाएका पुष्टि गरेको छ ।

योसँगै युगान्डामा इबोलाका कारण २४ जनाले ज्यान गुमाएका छन् । पछिल्लो पटक सङ्क्रमणका दुई नयाँ घटना दर्ता भएपछि सङ्क्रमितको संख्या ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमण नियन्त्रणका लागि मुबेन्दे र छिमेकी कसण्डा जिल्लामा २१ दिनदेखि लकडाउन र रातमा कर्फ्यु लगाइएको छ । सरकारले राजधानी कम्पाला सहरलाई पनि सम्भावित उच्च जोखिममा राखेको छ । इबोला भाइरसबाट सर्ने एक रोग हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो सङ्क्रमणबाट सुरुमा एक्कासि ज्वरो आउने, एकदमै कमजोर अनुभव हुने, मांशपेशी दुख्ने र घाँटी खराब हुने देखिन्छ । यो रोगको सङ्क्रमण भएका चिम्पान्जी, चमेरो र जङ्गली मृगलगायतका जनावरसँगको निकट सम्पर्कबाट मानिसमा सर्ने गरेको डब्लूएचओले जनाएको छ ।
 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया