झापामा आफैलाई गोली हानेका एक जनाको ज्यान गयो, एक घाइते

 कात्तिक २, २०७९ बुधबार ६:५६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – झापामा आफैलाई गोली हानेर एक जनाको ज्यान गएको छ । गौरादह नगरपालिका–८ जुरोपानी का ३६ वर्षका बिरन साहले विवाद हुदाँ १५ वर्षका हेमराज साहलाई गोली हानेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नाताले भतिज पर्ने हेमराजलाई गोली हानेर फरार बिरनको शव सुकुना खोला किनारमा फेला परेको हो । बिरनले आफैलाई गोली हानेर ज्यान गएको प्रहरीको भनाई छ । घटनामा घाइते भएका हेमराजको बी एन्ड सी अस्पतालमा उपचार भैरहेको छ ।

घटनास्थलबाट एक थान कटुवा पेस्तोल, दुई थान म्यागजिन, गोलीको खोका र १५ राउण्ड गोली फेला परेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया