प्लाष्टिकजन्य फूलमालाको खरिद बिक्री गरे एक लाख रुपैयाँसम्म जरिवाना हुने

 कात्तिक ३, २०७९ बिहीबार ८:५४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तिहार र छठ पर्वमा प्लाष्टिकका फूलमालाको प्रयोग गर्दै हुनुहुन्छ भने सचेत हुनुहोस् । प्लाष्टिकजन्य फूलमालाको प्रयोग वा बिक्रि गरे एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने छ ।

सरकारले प्लाष्टिजन्य फूल, फूलका गुच्छा, मालालगायतको कारोबार नगर्न आग्रह गरेको छ । नजिकिएको तिहार तथा छठ पर्वमा प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न वातावरण विभागले सचेत गराएको हो ।

विभागले सूचना निकालेर गएको साउन १२ गतेदेखि नै प्लाष्टिकजन्य फूल, माला, तथा गुच्छाको उत्पादन, आयात र बिक्रि वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाएको पनि स्मरण गराएको छ ।

राजपत्रमा सूचना निकालेर प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा रोक लगाएकाले चाडपर्वमा यस्ता प्लाष्टिकजन्य फूलमालाको प्रयोग नगर्न आग्रह गरेको ।

नियम विपरीत कसैले यस्ता फूलमालाको प्रयोग गरेको वा बिक्री गरेको पाइए वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाख रुपैयाँसम्मको जरिवाना हुने विभागले जनाएको छ ।
 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया