शेयर बजार दोहोरो अंकले बढ्याे

 कात्तिक ६, २०७९ आइतबार १५:३८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो समय लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज भने दोहोरो अंकले बढेको छ ।

आज नेप्से १४ दशमलव ३५ अंकले बढेर एक हजार आठ सय ५८ दशमलव ४९ अंकमा पुगेको छ ।

आज होटल तथा पर्यटन र म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अंकले बढेको छ ।

दुई सय २१ वटा कम्पनीका १५ लाख ३८ हजार कित्ता शेयर ५१ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एभरेष्ट बैंकको पाँच करोड १६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज रुरु जलविद्युत् आयोजना र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सिटिजन म्यूचुअल फण्ड टू को शेयर नौ प्रतिशत भन्दा धेरैले घटेको छ ।   
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया