राति फोहोर फाल्नेमाथि महानगरको कारबाही, ३ महिनामा ४ लाख रुपैयाँ जरिवाना असुल

 कात्तिक ७, २०७९ सोमबार ७:११:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई कारबाही गरी पछिल्लो तीन महिनामा ४ लाख रुपैयाँ जरिवाना संकलन गरेको छ ।

घरको फोहोर राति लगेर सार्वजनिक ठाउँमा फाल्नेलाई कारबाही गरी ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको महानगरपालिकाले जनाएको छ ।

वातावरण र कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा एक लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा एक लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिनुभयो । 

फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा एकहजार रुपैयाँदेखि बढीमा २५ हजार रुपैयाँसम्म जरिवाना रकम तोक्ने गरिएको उहाँले बतानुभयो ।

कतिपयले राति गाडीमै फोहोर लगेर सार्वजनिक ठाउँमा फाल्ने गरेको पाइएको महानगरपालिकाले जनाएको छ ।    

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया