बेलायतका नवनियुक्त प्रधानमन्त्री सुनकसँग सहकार्यको चाहनासहित बधाई व्यक्त

 कात्तिक ९, २०७९ बुधबार ७:२८:५० | एजेन्सी
unn.prixa.net

बेलायतको प्रधानमन्त्रीमा ऋषि सुनक नियुक्त भएलगत्तै विश्वका शीर्ष नेताले देशको पछिल्लो अस्तव्यस्त अवस्थाबाट स्थिरताको आशा व्यक्त गरेका छन् ।

बधाई तथा कार्यकाल सफलताको शुभकामनासहित उनीहरुले बेलायतको राजनीतिक अवस्थाले समग्र विश्वलाई प्रभाव पार्ने उल्लेख गरेका छन् ।

सुनक हिजो औपचारिक रुपमा बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

नवनियुक्त प्रधानमन्त्री सुनकलाई स्वागत गर्दै भारतसहित विभिन्न देशका शीर्ष नेताले विश्वले सामना गरेका पछिल्ला साझा मुद्दामा सहकार्य गर्न चाहेको जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत् बधाई व्यक्त गरी आफू विश्वव्यापी मुद्दामा निकट रहेर काम गर्न र रोडम्याप सन् २०३० को कार्यान्वयन गर्न इच्छुक रहेको बताउनुभएको छ । भारत र बेलायतले एउटा खुला व्यापार सम्झौता गर्न खोजिरहेका छन् ।

युरोपेली परिषदका अध्यक्ष चार्ल्स मिशेलले साझा चुनौतीसँग जुझ्ने एक मात्र बाटो सहकार्य रहेको बताउनुभएको छ ।

आइरिस प्रधानमन्त्री माइकल मार्टिनले आफ्ना टापुहरू र विश्वभर सामना गरिएका महत्वपूर्ण मुद्दामा नवनियुक्त प्रधानमन्त्री सुनकसँग सहकार्य गर्न चाहेको उल्लेख गर्नुभएको छ । 
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया