टी–२० विश्व कप क्रिकेट : आज अफगानिस्तान र आयरल्यान्ड तथा अस्ट्रेलिया र इङ्ल्यान्ड खेल्दै

 कात्तिक ११, २०७९ शुक्रबार ६:३५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज दुई वटा खेल हुँदैछन् । सुपर १२ समूह ‘१’ मा आज अफगानिस्तान र आयरल्यान्ड तथा अस्ट्रेलिया र इङ्ल्यान्डबीच खेल हुँदैछ । आज हुने पहिलो खेलमा अफगानिस्तान र आयरल्यान्ड बिहान पौने १० बजे खेल्दैछन् ।

त्यस्तै दोस्रो खेलमा दिउँसो पौने दुई बजे घरेलु टोली अस्ट्रेलिया र इङ्ल्यान्डबीच खेल हुनेछ । आजका दुई वटै खेल मेलवर्नमा हुनेछन् ।

हिजो भएको खेलमा पाकिस्तान जिम्बाबेसँग १ रनले पराजित भयो । भारतले नेदरल्यान्डलाई ५६ रनले हराएको थियो भने दक्षिण अफ्रिकाले बङ्लादेशलाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
सुपर १२ को समूह ‘१’ मा न्युजिल्यान्ड २ खेलमा ३ अङ्कका साथ शीर्ष स्थानमा छ । श्रीलङ्का, इङ्ल्यान्ड, आयरल्यान्ड र अस्ट्रेलियाले एक खेलमा जित र एक खेलमा हारकासाथ २/२ अङ्क जोडेका छन् । नेटरनरेटको कारण श्रीलङ्का दोस्रो, इङ्ल्यान्ड तेस्रो, आयरल्यान्ड चौथो र अस्ट्रेलिया पाँचौँ स्थानमा छन् ।

अफगानिस्तान २ खेलमा १ अङ्ककासाथ पुछारमा छ । सुपर १२ को समूह ‘२’ मा भारत २ खेलमा ४ अङ्ककासाथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा अङ्क बाँड्दै ३ अङ्ककासाथ दोस्रो स्थानमा छ।

जिम्बाबे दुई खेलमा एकमा जित र एकमा अङ्क बाँड्दै तीन अङ्ककासाथ तेस्रो स्थानमा छ । बङ्लादेश २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । पाकिस्तान र नेदरल्यान्ड अङ्कविहीन हुँदै पुछारमा छन्।

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया