तिब्बतको क्षेत्रीय राजधानी ल्हासामा लकडाउन विरुद्ध प्रदर्शन

 कात्तिक १२, २०७९ शनिबार ७:३९:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : बीबीसी

चीन सरकारले कोरोना महामारी नियन्त्रण गर्ने उद्देश्यले लागू गरेको कठोर नियमविरुद्ध तिब्बतको क्षेत्रीय राजधानी ल्हासामा ठूला प्रदर्शनहरू भएका छन् ।

सामाजिक सञ्जालमा प्रकाशित भिडियोहरुमा सयौँ मानिसहरू विरोधप्रदर्शनमा सहभागी भएका र प्रहरीसँग झडप भएको देखिन्छ । चीनमा त्यस्ता प्रदर्शनहरूलाई दुर्लभ मानिन्छ । तिब्बत सबैभन्दा कडा सुरक्षाव्यवस्था कायम गरिएको चिनियाँ क्षेत्र हो ।

प्रदर्शनमा सहभागीमध्ये धेरैजसो मानिस हान समुदायका चिनियाँ आप्रवासी कामदार रहेका बीबीसीले जनाएको छ । ल्हासामा झण्डै तीन महिनादेखि लकडाउन लगाइएको छ । प्रदर्शनमा सहभागी मानिसहरुले हामी घर जान चाहन्छौँ लेखिएको प्लेकार्ड बोकेका छन् ।

मानिसहरु झण्डै तीन महिनौँदेखि घरमै थुनिएका छन् भने बाहिरबाट आएका मानिसलाई घर जान पनि दिइएको छैन । 

चीनमा यसबेला पहिलो पटक कोभिड पुष्टि भएको वुहानसहित दर्जनौँ सहरहरूमा लकडाउन गरिएको छ । लकडाउनका कारण यसबेला चीनका विभिन्न सहरमा गरी २० करोडभन्दा बढी मानिस घरभित्रै थुनिएका रोयटर्सले जनाएको छ ।

चीनमा पछिल्लो २४ घण्टामा २ सय ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले चीनमा ३ हजार ६ सय ५८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया