खाेटाङमा भतिजकाे खुकुरी प्रहारबाट काकाकाे ज्यान गयाे

 कात्तिक १२, २०७९ शनिबार १६:५२:३० | दमन राई
unn.prixa.net

प्रतीकात्मक तस्बिर

खोटाङ – खोटाङमा भतिजको खुकुरी प्रहारबाट काकाको ज्यान गएको छ । आपसी वादविवादका क्रममा शनिबार ४३ वर्षका भतिजा पत्थरमान राईले खुकुरी प्रहार गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हाँवुभञ्ज्याङका ५९ वर्षीय काका मानबहादुर राईको ज्यान गएको हो ।

खुकुरीले गर्दनमा लागेका राईको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताउनुभयो । पत्थरमानले रक्सी खाएकाे बेला काकालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । उनलाई घटना लगत्तै प्रहरीले पक्राउ गरेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया