इङ्ग्लिस प्रिमियर लिग : ब्राइटनसँग चेल्सी ४–१ ले हार्यो

 कात्तिक १३, २०७९ आइतबार ६:३३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले चेल्सीलाई हराएको छ । गएराति भएको खेलमा ब्राइटन ४–१ गोलले विजयी भयो ।

खेलको पाँचौँ मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गरी ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको १४औँ मिनेटमा चेल्सीका रुबेन लोफ्ट्स तथा ४२औँ मिनेटमा ट्रेभो चालोबहले आत्मघाती गोल गरे । खेलको ४८औँ मिनेटमा चेल्सीका काइ हार्भट्जको गोल गरे ।

खेलको इन्जुरी समयमा पास्कल ग्रोबले गोल गरेपछि ब्राइटन ४–१ गोलले विजयी भयो ।

जितसँगै ब्राइटन १८ अङ्ककासाथ सातौँ स्थानमा उक्लिएको छ । चेल्सी १२ खेलमा २१ अङ्ककासाथ पाँचौँ स्थानमा छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया