इङ्ग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले लिभरपुललाई हरायो

 कात्तिक १३, २०७९ आइतबार ६:४१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । राति भएको खेलमा लिड्स युनाइटेडले लिभरपुललाई २–१ गोलले हरायो ।

खेलको चौथो मिनेटमा रोड्रिगो मोरेनोको गोलबाट अग्रता बनाएको लिड्सले अन्तिम मिनेटमा एक गोल गर्दै जित निकाल्यो । लिभरपुलका मोह्याम्मद सलाहले खेलको १४ मिनेटमा गोल गरे । अङ्क तालिकामा लिभरपुल १२ खेलमा १६ अङ्ककासाथ नवौँ स्थानमा छ । समान खेलमा लिड् युनाइटेड १२ अङ्कसहित १५औँ स्थानमा छ ।

त्यस्तै, अर्को खेलमा टोटनह्यामले बर्नमाउथलाई ३–२ गोलले हरायो । टोटनह्यामले सुरुआती दुई गोलको अग्रता उल्ट्याएर जित निकालेको हो । जितसँगै टोटनह्याम तेस्रो स्थानमा उक्लिएको छ । टोटनह्यामको १२ खेलमा २६ अङ्क छ । बर्नमाउथ १३ अङ्ककासाथ १४औँ स्थानमा छ ।

न्युक्यासलले एस्टन भिल्लालाई ४–० गोल तथा क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई १–० गोलले हराएको छ । फुलह्याम र एभर्टनले गोलरहित बराबरी तथा उल्भ्स र ब्रेन्टफोर्डले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा पुगेको छ । हिजो भएको खेलमा लेस्टर सिटीलाई १–० गोलले हराउँदै सिटी १२ खेलमा २९ अङ्क जोडेर शीर्ष स्थानमा पुगेको हो । दोस्रो स्थानको आर्सनलको २८ अङ्क छ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया