टी–२० विश्व कप : आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै

 कात्तिक १७, २०७९ बिहीबार ६:५१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटमा आज एउटा खेल हुँदैछ । आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् ।

सुपर १२ को समूह ‘२’ को यो खेल दिउँसो पौने दुई बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ । दक्षिण अफ्रिका ३ खेलमा पाँच अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने पाकिस्तान दुई अङ्कसहित पाँचौँ स्थानमा छ।

हिजो एडिलेडमा भएको रोमाञ्चक खेलमा भारतले बङ्लादेशलाई पाँच रनले हरायो । यो खेलमा नटआउट ६४ रन बनाएका विराट कोहलीले आईसीसी टी–२० विश्व कपमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान समेत बनाएका छन् । कोहलीले विश्व कपमा २५ खेल खेल्दै १ हजार ६५ रन बनाएका छन् ।

जितसँगै भारत चार खेलमा छ अङ्कसहित समूह ‘२’ को शीर्ष स्थानमा उक्लिएको छ । बङ्लादेश चार अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । जिम्बाब्वे तीन अङ्कसहित चौथौ र नेदरल्यान्ड दुई अङ्कसहित छैटाैँ स्थानमा छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया