छाडा कुकुरको संख्या कम गर्न स्थायी बन्ध्याकरण

 कात्तिक १९, २०७९ शनिबार १४:४१:२६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका छाडा कुकुरहरुको स्थायी बन्ध्याकरण गर्न शुरु गरेको छ । 

सन्धिखर्क नगरपालिकाभित्रका मुख्य सडक तथा शाखा सडकहरुमा छाडा कुकुरहरुको आतंक बढेपछि स्थायी बन्ध्याकरण सुरु गरेको हो । बिहान विद्यालय तथा कलेजमा जाने विद्यार्थीहरुलाई कुकुरले टोक्ने तथा लखेट्ने गर्दा विद्यार्थीहरुमा पनि त्रास छाएको थियो । यस्तै रातिको समयमा पनि कुकुरहरुले हल्ला गर्ने गरेपछि नियन्त्रणका लागि स्थायी बन्ध्याकरण गर्ने कार्यक्रम सञ्चालन गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । 

यस्तै छाडा कुकुरहरुले पशु चौपायालाई पनि हमाला गर्ने गरेका थिए । यस शिविरमा नगर भित्र रहेका १ सय २० कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।

सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा, सिद्धार्थ नगर रुपन्देहीको आयोजनामा पशु चिकित्सकको टोलीले कुकुरहरुको स्थायी बन्ध्याकरण गरिरहेको छ । आज शनिबारदेखि शुरु भएको बन्ध्याकरण तथा रेबिज खोप लगाउने शिविर ३ दिनसम्म चल्नेछ ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया