निराशाजनक 'कोप–२९' मा नेपालका लागि केही आशा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई हराएको छ । गएराति भएको खेलमा सिटीले फुलह्यामलाई २–१ गोलले हरायो ।
१० खेलाडीमा समेटिएको सिटीका लागि जुलियन अल्भारेज र हालान्डले गोल गरे । हालान्डले खेलको अन्तिममा पेनाल्टीमा गोल गरेपछि सिटी विजयी भयो । त्यस्तै फुलह्यामका लागि आन्द्रिएस परेराले पेनाल्टीमा गोल गरे । जितसँगै सिटी अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको छ । सिटीको १३ खेलमा ३२ अङ्क छ ।
आर्सनलको १२ खेलमा ३१ अङ्क छ । गएराति भएका अरु खेलमा नटिङ्घम फरेस्ट र ब्रेनफोर्डले २–२ गोलको बराबरी खेलेका छन् ।
त्यस्तैऽ ब्राइटनले उल्भ्सलाई ३–२ गोल, लिड्स युनाइटेडले बर्नमाउथलाई ४–३ गोल र लेस्टर सिटीले एभर्टनलाई २–० गोलले हरायो ।
आज आर्सनल र चेल्सी खेल्दैछन् । त्यस्तै, अरु खेलमा एस्टन भिल्ला र म्यानचेस्टर युनाइटेड, साउथह्याम्पटन र न्युक्यासल, वेस्ट ह्याम र क्रिस्टल प्यालेस तथा टोटनह्याम र लिभरपुलबीच खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।