सगरमाथा क्षेत्रमा कैद भएको हिउँ चितुवाको फोटो

 कात्तिक २१, २०७९ सोमबार १४:४६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी फोटोग्राफर किटिया पावलोस्कीले सगरमाथा क्षेत्रमा हिउँ चितुवाको आकर्षक फोटो खिच्नुभएको छ ।

पावलोस्कीले अक्टोबर ८ तारिखमा आफ्नो क्यामेरामा कैद गर्नुभएको हिउँ चितुवाको फोटो उहाँको वेब पेजमा प्रकाशन गर्नुभएकाे छ । त्याे पेजलाई शेयर गर्दै नेपालमा रहेको अमेरिकी दूतावासले हिउँ चितुवाको आकर्षक फोटोबारेमा जानकारी गराएको छ ।

पाँच हजार चार सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको फाेटाेग्राफर पावलाेस्कीले आफ्नो वेबसाइटमा उल्लेख गर्नुभएको छ । उहाँले वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आउनुभएको छ ।

फोटोग्राफर पावलाेस्कीले गोरपशेकबाट बिहान ४ बजे हिँडेर आकर्षक फोटो कैद गर्न सकेको बताउनुभएको छ । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Umesh Kumar Khadka

    Nov. 9, 2022, 5:50 a.m.

    Once more

  •  0 Reply
  • सनुप गुरुङ

    Nov. 7, 2022, 3:03 p.m.

    हाम्रो देश पृथ्वीको स्वर्ग हो,तर हाम्रा नेताहरूले कहिले बुझ्ने ..!!!😢

  •  0 Reply

तपाईको प्रतिक्रिया