दक्षिण एसिया र अफ्रिकाका किसानलाई १ दशमलव ४ अर्ब डलर सहयोगको घोषणा

 कात्तिक २२, २०७९ मंगलबार ६:५३:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विश्वव्यापी तापक्रम वृद्धिको प्रभावबाट पीडित उप–सहारा अफ्रिका र दक्षिण एसियाका साना किसानले १ दशमलव ४ अर्ब अमेरिकी डलरको परोपकारी प्रोत्साहन पाउने भएका छन् ।

बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले चार वर्षमा वितरण गर्ने अनुदान क्षेत्रीय नवप्रवर्तनका लागि छुट्याइएको छ । यसले खडेरी, गर्मीको लहर र अत्यधिक बाढीको सामना गर्न सहयोग गर्नेछ । इजिप्टको शर्म अल–शेखमा कोप–२७ जलवायु शिखर सम्मेलनमा जलवायु परिवर्तनबाट बढ्दो प्रभावलाई अनुकूलन गर्न यो घोषणा सार्वजनिक गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।

अफ्रिकामा ठूलो खडेरीका कारण लाखौँ मानिस भोकमरीको चपेटामा परेका छन् । पाकिस्तानमा आएको भीषण बाढीले खेतीयोग्य जमिन डुबाएको छ र पूर्वाधार नष्ट भएको छ, जसका कारण ३० अर्ब डलरभन्दा बढीको क्षति भएको विश्व बैंकले जनाएको छ ।

इजिप्टमा भइरहेको सम्मेलनमा १ सय २० भन्दा धेरै विश्व नेताहरूले जलवायु परिवर्तनबाट पर्ने विश्वव्यापी असरका सम्बन्धमा चालिनुपर्ने कदमबारे  दुई हप्तासम्म विभिन्न छलफल र वार्तालाई निरन्तरता दिनेछन् ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया