मलाई चुनाव प्रचारप्रसारमा रोक लगाइयो : सागर ढकाल

 कात्तिक २२, २०७९ मंगलबार ९:३२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाएको बताउनु भएको छ । सामाजिक सञ्जालमार्फत उहाँले  विभिन्न ठाउँमा प्रहरी, प्रशासनले आफूलाई रोक्ने गरेको आरोप लगाउनु भएको हो ।

उहाँले लेख्नु भएको छ : ‘मलाई जोगाइदिनुस् – जनता गुहार्नु बाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचारप्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लङ्घन गर्दा आँखा बन्द गरेको प्रशासन मलाई हर्क साम्पाङ जस्तो गरी माइकिङ गर्न पनि दिइएको छैन । मलाई रोकेको छ ।’

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भने चुनावी प्रचार गर्न कसैलाई नरोकिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत हेमप्रसाद ढकालले हिजो बेलुका विज्ञप्ति निकालेर आचारसंहिता पालना गरेर गरिने प्रचार कार्यमा अवरोध नहुने बताउनु भएको छ । 

 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Mohan Adhikari

    Nov. 8, 2022, 10:08 a.m.

    यसै भएर पनि कम्तिमा प्रधानमन्त्री, मुख्यमंत्री प्रत्यक्ष्य निर्वाचित हुनपर्ने देखियो ।

  •  0 Reply
  • Tejbahadur Shrestha

    Nov. 8, 2022, 9:45 a.m.

    Good

  •  0 Reply

तपाईको प्रतिक्रिया