चिसो बढ्यो : हल्का वर्षा र हिमपातको सम्भावना, पर्वतारोहण र पदयात्रामा जाँदा विशेष सावधानी अपनाउन आग्रह

 कात्तिक २५, २०७९ शुक्रबार ७:२६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशभर चिसो बढेको छ । पश्चिमी वायु सक्रिय भएसँगै चिसो बढेको हो । काठमाण्डाैसहित तराईका जिल्लामा बिहान हुस्सु कुहिरो लाग्न थालेको छ ।

हिजोभन्दा आज काठमाण्डौको न्यूनतम तापक्रम घटेको छ । हिजो ११ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज ११ डिग्री सेल्सियसमा झरेको छ । न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम पनि घट्न थालेकाले देशभर नै चिसो बढेको छ ।

पश्चिमी वायु सक्रिय रहेकाले नै आज उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आज बाग्मती, गण्डकी र प्रदेश १ का पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ ।

उहाँले प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा र हिमाली जिल्लामा हल्का हिमपात हुने सम्भावना रहेकाे बताउनु भयाे । हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रामा जाँदा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया