दार्चुलामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप : चार जना घाइते

 कात्तिक २५, २०७९ शुक्रबार ९:३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला - दार्चुलामा चुनावी प्रचारप्रसारका क्रममा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच भएको झडपमा चार जना घाइते भएका छन् ।

दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका–५ ओखलमा चुनावी प्रचारप्रसारका क्रममा हिजो झडप भएको हो ।

गठबन्धनका कार्यकर्ताले नेकपा एमालेका प्रदेश सभा क्षेत्र नम्बर–२ का उम्मेदवार रामदत्त जोशीको टोलीलाई आफ्नो क्षेत्रमा प्रचार गर्न अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

झडपमा परि गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका–६ का जहेन्द्र धामी, जगत धामी र एमालेका कार्यकर्ता मार्मा गाउँपालिका–३ का वीरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका–९ का सुरेश बादी घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको लटिनाथ अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया