जुम्लामा स्कुलबसको ठक्करबाट बालकको ज्यान गयो

 कात्तिक २५, २०७९ शुक्रबार ११:४३:२४ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लामा स्कुलबसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

चन्दननाथ नगरपालिका-९ उमगाडमा कनिका निसा बोर्डिङ स्कुलको भे १ क ३८२ नम्बरको बसले ठक्कर दिँदा ११ वर्षका राजेश गिरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार गिरीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा निधन भएको हो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया