आउँदाे चुनावले नेपाल कता जाने भन्ने कुराको फैसला गर्छ : प्रधानमन्त्री देउवा

 कात्तिक २५, २०७९ शुक्रबार १८:५६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने टिप्पणी गर्नुभएको छ । 

वाम लोकतान्त्रिक गठबन्धन काठमाण्डौ क्षेत्र नम्बर १० ले आज शुक्रवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ठूलो सङ्घर्षपछि प्राप्त भएको संविधानको रक्षा गर्नु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो देशले धेरै ठूलो लडाइँपछि संविधान पाएको छ । संविधानले नै ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको छ । यो संविधान समावेशी छ ।’ 

सबै वर्ग तथा क्षेत्र अटाउने संविधानलाई बचाउने लक्ष्यका साथ गठबन्धन बनेको प्रधानमन्त्री देउवाको जिकिर छ । उहाँले भन्नुभयो, ‘समावेशी प्रजातन्त्र र राजनीतिलाई बचाइ राख्नु छ । नेपाली जनताले चुनावमार्फत सरकार बनाउन पाउने, बदल्न पाउने अधिकार पाएका छन् । यसलाई स्थायी राख्न पनि हामी एक ठाउँमा उभिएका छौँ ।’ 

प्रधानमन्त्री देउवाले जथाभाबी तरिकाले नेकपा एमालेका अध्यक्ष केपी ओलीले दुई–दुई पटक संसद् भङ्ग गरेपछि आफूहरू मिलेर त्यसलाई बचाएको उल्लेख गर्नुभयो । गठबन्धन आउँदो १० देखि १५ वर्षसम्म जाने उहाँको भनाइ थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया