कपनमा खहरे खाेलाकाे समस्या २ वर्षभित्र समाधान नभए फेरि भाेट माग्न आउँदिन : गगन थापा

 कात्तिक २५, २०७९ शुक्रबार २०:१७:४३ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपनमा रहेको खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

काठमाण्डौ क्षेत्र नं ४ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका थापाले आज शुक्रवार आयोजित घरदैलो कार्यक्रममा महामन्त्री थापाले दुई वर्षभित्र खहरे खोलाको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । ‘खहरे खोला निर्माण गर्ने प्रक्रिया अगाडि बढाइसकिएको छ, अबको दुई वर्षभित्र काम पूरा हुन्छ’, उहाँले भन्नुभयो । आउँदो दुई वर्षभित्र खहरे खोलाको समस्या समाधान नभए अर्को चुनावमा भोट माग्न नआउने उहाँको भनाइ छ ।

महामन्त्री थापाले खहरेको छेउमा रहेका घर अगाडिको फोहरसँगै देशको फोहर पनि फाल्ने जमर्को गरेकाले त्यसका लागि साथ दिन मतदातालाई आग्रह गर्नुभयो । बूढानीलकण्ठ नगरपालिकाको वडा नं ११ र १२ हुँदै वडा नं १० तिर बग्ने खहरे खोलाको छेउमा रहेको बस्तीमा सामान्य वर्षा भएका बेलामा पनि बाढी पस्ने गर्छ । 

उहाँले बाढीको समस्या समाधान गर्न पटक–पटक गरी सवा अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिसकेको जानकारी दिनुभयो । महामन्त्री थापाले खहरेको समस्या समाधानका लागि धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना को प्रस्ताव अघि बढाएको बताउनुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया