प्रधानमन्त्री कप : उपाधिका लागि आर्मी र एपीएफ खेल्दै

 कात्तिक २६, २०७९ शनिबार ६:४७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी र एपीएफ क्लब खेल्दैछन् ।

दुई विभागीय टोलीबीचको फाइनल खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । हिजो भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी नेपाल पुलिसलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो ।

आर्मीले पुलिसमाथि ३ सय ४ रनको कीर्तिमानी योगफल पूरा गर्दै लगातार पाँचौँ पटक फाइनलमा पुग्यो । अस्ति भएको पहिलो सेमिफाइनलमा नेपाल एपीएफ क्लबले मधेस प्रदेशलाई ७ विकेटले हराउँदै तेस्रो पटक फाइनलमा पुगेको हो । आर्मी र एपीएफ तेश्रो पटक फाइनलमा खेल्न लागेका हुन् ।

सन् २०१८ को दोस्रो संस्करणको फाइनलमा एपीएफले ६ विकेटले जितेको थियो भने २०२१ को फाइनलमा आर्मीले ३३ रनले जित निकालेको थियो । 

प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया