डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत रकम वितरण

 कात्तिक २६, २०७९ शनिबार ७:२३:६ | रासस
unn.prixa.net

डाेटी - डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत वितरण गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर मङ्गलवार राति गएको भूकम्पबाट ज्यान गुमाएकाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट ६ जनाले ज्यान गुमाएका थिए ।

जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहाेरालाई चार लाख, विस्नादेवी बोहाेरालाई तीन लाख र महावीर बोहाेरालाई दुई लाख रुपैयाँ प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । त्यस्तै घरमा पूर्ण क्षति पुगेका १८ परिवारलाई टेन्ट, ब्ल्याङ्केट, खाद्यान्न उपलब्ध गराइएको छ ।

सायल गाउँपालिकामा ३०/३० थान त्रिपाल र ब्ल्याङ्केट पठाइएको र पूर्वीचौकीको सिमलडाँडाका १० घरपरिवारलाई आज राहत सामग्री पठाउन व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।

भौतिक क्षतिको मूल्याङ्कनका लागि प्राविधिक कर्मचारी पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध पनि गरिएको छ । भूकम्पबाट डोटीसहित आसपासका जिल्लामा घर चर्केका तथा भत्केका छन् । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया