देशभर चिसो बढ्यो : काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन

 कात्तिक २६, २०७९ शनिबार ७:१३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यसअगाडि गएको नोभेम्बर ३ तारिखमा काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो । अझै तापक्रम घट्ने सम्भावना छ । यसैबीच चिसो सुरु भएपछि उपत्यकासहित देशभरको न्यूनतम तापक्रम पनि बिस्तारै घट्न थालेको छ ।

जुम्लाको तापक्रम माइनस ५ डिग्री सेल्सियससम्म झरेको छ । जिरीको तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस,  जोमसोमको २ डिग्री, ताप्लेजुङको ९ डिग्री सेल्सियस र डडेल्धुराको ७ डिग्री सेल्सियसमा झरिसकेको छ।

चिसो बढेसँगै आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । बाँकी ठाउँको मौसम सामान्यदेखि आंशिक बदली भएर देशको पहाडी क्षेत्रमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया