जी–२० का लागि बाली पुगेपछि रुसी विदेश मन्त्री लाभराेभलाई अस्पताल लगियाे

 कात्तिक २८, २०७९ सोमबार १५:१३:१६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

जी–२० सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बाली पुग्नुभएका रुसी विदेश मन्त्री सर्गेई लाभरोभलाई अस्पताल लगिएको छ । आज सोमवार उहाँलाई अस्पताल लगिएको इन्डोनेसियाका अधिकारीहरूलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले लेखेको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्व गर्दै लाभरोभ हिजो आइतवार बाली पुग्नुभएको थियो । यसबारेमा इन्डोनेसियाका अधिकारीहरूले तत्काल कुनै प्रतिक्रिया नदिएका खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया