दार्चुलाका सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउँदै

 कात्तिक २९, २०७९ मंगलबार ७:२:० | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला - चुनाव नजिकिएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले दार्चुलाका सीमा नाकामा निगरानी बढाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको हो ।

चुनावको मौका छोपेर तस्करी र आपराधिक क्रियाकलाप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा निगरानी बढाएको सशस्त्र प्रहरी बल नं ४४ गण दार्चुलाका एसपी डम्बरबहादुर विष्टले जानकारी दिनुभयाे ।

भारतसँग जोडिएका विभिन्न सीमा नाकाहरुमा अहिले बीओपीमार्फत् निगरानी बढाएको उहाँले बताउनु भयाे । अहिले सुरक्षा निकायको ध्यान बढी चुनावमै केन्द्रित हुने भएकाले त्यसको फाइदा उठाउँदै तस्करी कार्य बढ्न सक्ने भएकाले मातहतका युनिटसँगै भारतीय एसएसबीको सहकार्यमा संयुक्त गस्तीलाई समेत बढाइएको एसपी विष्टले बताउनु भयाे ।

४४ नंं. गण दार्चुला मातहतमा अहिले ४ वटा बीओपी र १ वटा गुल्म रहेको बताइएको छ । चुनाव नजिकिएसँगै सीमा क्षेत्रमा निगरानी बढाइ आपराधिक गतिविधि नियन्त्रण गर्न लागि परेको बताइएकाे छ। जिल्लामा अहिले लाली जोलजीवी दत्तु र दुम्लिङमा बीओपी स्थापना भएका छन् भने छाङरुमा गुल्म स्थापना गरिएको सशस्त्र प्रहरी नेपाल नं ४४ गण हेड क्वाटर दार्चुलाले जनाएको छ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया