बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गर्दै भन्नुभयो : जित्ने प्रतिनिधिले नागरिकका समस्या समाधानमा ध्यान दिऊन्

 मंसिर ४, २०७९ आइतबार १०:४६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडी – बैतडीमा ११३ वर्षीय वृद्धाले मतदान गर्नुभएको छ । पाटन नगरपालिका ४ की ११३ वर्षीय मानमतीदेवी भट्टले पाटन नगरपालिका ४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रमा पुगेर उहाँले मतदान गर्नुभएको हो । 

देशको लागी राम्रो काम गर्ने प्रतिनिधि पाइयोस् भनेर आफूले मतदान गरेको उहाँले बताउनुभयो ।

आफूले यसअघि धेरै चुनावमा भोट हालिसकेको भन्दै भट्टले अब निर्वाचित हुने प्रतिनिधिहरूले हरेक नागरिकका समस्या समाधान तथा विकास निर्माणमा ध्यान दिनुपर्ने  बताउनुभयो । 

यस्तै जिल्ला कारागार बैतडीमा रहेको अस्थायी मतदान केन्द्रमा पनि ५ जना कैदीबन्दिहरुले मतदान गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया