सरकार सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन लागिपरेको छ : म...
माघ २४, २०७९ मंगलबार
म्याग्दी– प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि जारी मतदानमा म्याग्दीमा ४० प्रतिशत मत खसेको छ । दिउँसो १२ बजेसम्म म्याग्दीमा ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दीमा एक सय २० वटा मतदान केन्द्र छन् । सबै केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दीमा ८६ हजार मतदाता छन् । म्याग्दीमा प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई वटा निर्वाचन क्षेत्र छन् ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।