जुम्लामा ६५ प्रतिशत मत खस्यो, शान्तिपूर्ण ढंगले मतदान सम्पन्न

 मंसिर ४, २०७९ आइतबार २१:५१:१८ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार एक सय आठ वटै मतदान केन्द्रमा मतदान सकिएको छ।

प्रजिअ केसरीका अनुसार जुम्लामा ६५ प्रतिशत मत खसेको छ । उहाँले जुम्लाको कुल मतदाता ६८ हजार छ सय ३८ मध्ये ४५ हजार ६५ मत खसेको जानकारी दिनुभयाे । स्थानीय प्रशासनका अनुसार अहिले मत पेटिका सदरमुकाम ल्याउने काम भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया