ललितपुरका तीन वटै निर्वाचन क्षेत्रमा एमालेलाई अग्रता

 मंसिर ५, २०७९ सोमबार १०:५०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  - ललितपुरका तीन वटै निर्वाचन क्षेत्रमा एमालेले अग्रता लिएको छ। निर्वाचन क्षेत्र नम्बर १ मा नवराज सिलवाल ६ सय ३५ मतसहित अगाडि हुनुहुन्छ। यस्तै कांग्रेसका उदयशम्शेर जबराले चार सय १ मत ल्याउाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरे ९३ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा एकालेका प्रेमबहादुर महर्जन दुई हजार ९ सय ८० मतसहित अग्रस्थानमा हुनुहुन्छ। हाम्रो नेपाल पार्टीका सुदिन शाक्य दुई हजार चार सय ९७ मतसहित दोस्रो स्थानमा र बुद्धरत्न महर्जन एक हजार चार सय ९० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

यसैगरी क्षेत्र नम्बर ३ मा ५ सय १३ मत ल्याएर एमालेका उम्मेदवार अमृत खड्का शीर्ष स्थानमा हुनुहुन्छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की ४ सय ९८ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किरण शाही २ सय ९६ मतसहित तेस्रो स्थानमा रहँदा माओवादी केन्द्रकी पम्फा भुसाल एक सय ९ मतसहित चौथो स्थानमा हुनुहुन्छ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया