जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
सिरहा – स्वास्थ्य चौकी गोलबजार ७ चोहर्वामा नियमित समयमा स्वास्थ्यकर्मी उपस्थित नहुँदा स्थानीय उपभोक्ता मर्कामा पर्ने गरेका छन् । ६ जना दरबन्दी रहेको स्वास्थ्य चौकीमा नियमित तथा समयमा स्वास्थ्यकर्मी उपस्थित नहुँदा स्थानीय सेवाग्राही मर्कामा परेका हुन् ।
स्थानीय मेरु ठाकुर संगीनी सुई लागाउन चारदिनदेखि स्वास्थ्यचौकी दैनिक आउनुहुन्छ । तर उहाँले चार दिनमा पनि स्वास्थ्यकर्मी फेला पार्न सक्नुभएन । आफू चार दिनदेखि आए पनि स्वास्थ्यकर्मी नभेटीएको ठाकुरले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मेरो संगिनी सुई लागाउनुपर्ने १२ गते कै समय थियो, म आउँछु तर कोही हुँदैन ।’
स्थानीय सौनिया महरा नातिनीको घाउको उपचार गर्न बिहान १० बजे स्वास्थ्यचौकी जानुभयो । उहाँ ११ बजेसम्म कुरेर बसिरहनु भएको थियो । उहाँले यहाँ जहिले आए पनि स्वास्थ्यकर्मीहरु समयमा नआउने बताउनुभयो । पहिला पनि कहिलेकाहीँ विरामी परेर आँउदा स्वास्थ्यकर्मीको पत्तै नहुने महराले सुनाउनु भयो ।
स्वाथ्य केन्द्रका अनमी अन्जना रायले गएको बुधबार ११ बजेपछि आएर कार्यालय खोल्नुभयो अन्य कस्वास्थ्यकर्मी अझै आएका थिएनन् । उहाँले आफू आउँदा आउँदै ढिलो भएको भन्दै अबदेखि यस्तो नहुने बताउनु भयो । स्वास्थ्य केन्द्र प्रमुख हेल्थ असिस्टेन्ट गणेश साह भने सोमबारै मौखिक जानकारी गराएर काठमाडौं जानुभएको रहेछ ।
कार्यालय प्रमुख समेत रहेका गणेश आफैँ स्थानीय एक निजी क्लिनिकमा काम गर्नेगरेको स्थानीय मुकेश यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘म जहिले पनि उहाँलाई क्लिनिकमा बसिरहेको देख्छु, कुन समयमा अस्पतालमा पुग्नुहुन्छ थाहै हुँदैन ।’
स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडा नं. ७ का अध्यक्ष जगत श्रेष्ठले आफूले स्वास्थ्यकर्मीहरुलाई पटक–पटक समयमै आउन भने पनि उनीहरुले अटेर गर्दै आएको बताउनुभयो । उहाँल भन्नुभयो, ‘मैले पटक–पटक समयमै आउन र जनतालाई सेवा प्रवाह गर्न भने पनि स्वास्थ्यकर्मीहरुले अटेर गर्ने गरेका छन्, अब म आवश्यक कार्वाहीको दिशामा बढ्छु ।’
गोलबजार नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पवनकुमार पञ्जियारले पनि स्वास्थ्य केन्द्र प्रमुखलाई समयमै उपस्थित स्पष्टिकरण पनि माँगे पटक पटक यस्तै गर्ने गरेको बताउनुभयो ।
स्वास्थ्य केन्द्रमा ६ जनाको दरबन्दी रहको छ । जसमध्ये एक जना मात्र कमी रहेको पञ्जियारले बताउनु भयो । उहाँले पाँच जना स्वास्थ्य कर्मी पनि स्वास्थ्य केन्द्रको लागि पर्याप्त भएको तर समयमा काम नगर्दा समस्या निम्तिएको जानकारी दिनुभयो ।