खोटाङ प्रदेश (ख)मा कांग्रेसका भूपेन्द्र राई विजयी
खोटाङ – खोटाङ प्रदेशसभा (ख)मा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भूपेन्द्र राई विजयी हुनुभएकाे छ ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामप्रसाद दंगालभन्दा २ हजार १४० बढी मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी हुनुभएकाे हाे । बुधबार राति घोषित अन्तिम परिणाम अनुसार राईले १६ हजार ४९६ मत र दंगालले १४ हजार ३५६ मत पाएका छन् ।
प्रदेश (ख)का ६८ हजार १५३ मतदातामध्ये ३३ हजार ४०९ मत खसेको थियो । १ हजार ९९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ
प्रकाशित मिति:
2079-08-07
साताको लोकप्रिय