तेह्रथुमको प्रदेशसभा (ख) मा माओवादीका दुर्गाप्रसाद चापागाई विजयी

 मंसिर ८, २०७९ शुक्रबार ०:२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – तेह्रथुमको प्रदेशसभा (ख) बाट माओवादीका दुर्गाप्रसाद चापागाई (सचिन) विजयी हुनुभएकाे छ । नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङवालाई २ सय ९४ मतले पछि पार्दै चापागाई निर्वाचित हुनुभएकाे हाे ।

चापागाईले  ८ हजार ३ सय ९४ मत प्राप्त गर्नुभयाे भने एमालेका उम्मेदवार कन्दङवाले ८ हजार १ सय मत प्राप्त गर्नुभयाे ।

तेह्रथुम-आठराई गाउँपालिका ५ छातेढुंगाका ३९ वर्षीय चापागाई १७ वर्षको उमेरमै माओवादी लडाकु बन्नुभएकाे हाे । २०५२ सालदेखि नै माओवादी राजनीतिमा लाग्नुभएका चापागाईसँग माओवादी पार्टीको जनसंगठन परिचालन, नीति निर्माणको योजना बनाउने लगायतका काम गर्दै माओवादी लडाकुका रूपमा सशस्त्र विद्रोहमा सहभागी भएर काम गरेको अनुभव छ । शान्ति प्रक्रियापछि उहाँ पार्टीको जिल्ला ईन्चार्ज तथा अध्यक्ष समेत हुनुभयाे ।

अहिले आफू विययी भएपछि समग्र जिल्लाको विकासमा आफ्नो ध्यान केन्द्रित गर्ने उहाँले बताउनुभयाे ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया