बर्दिया २ (ख) मा नागरिक उन्मुक्तिका धर्म बहादुर चौधरी विजयी
बर्दिया - बर्दिया क्षेत्र नम्बर २ को 'ख' बाट प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विजयी हुनुभएको छ । गठबन्धनबाट माओवादीका मान बहादुर थारुलाई ९ हजार १ सय ४३ मत अन्तरले हराउँदै चौधरी विजयी हुनुभएको निर्वाचन कार्यालय राजापुरका प्रमुख नगेन्द्र लम्सालले जानकारी दिनुभयो ।
चौधरीले २० हजार १२७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट माओवादीका मान बहादुर थारुले १० हजार ९८४ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेकपा एमालेका कृष्णी थारुले ७ हजार १७ मत प्राप्त गर्नु भएको छ भने राप्रपाका धर्मराज शाहले ३ हजार १३३ मत ल्याउनुभएको छ।
प्रकाशित मिति:
2079-08-09
साताको लोकप्रिय