हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका लामा विजयी

 मंसिर ९, २०७९ शुक्रबार २३:४७:१२ | रासस
unn.prixa.net

हुम्ला – हुम्लाको प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका छिरिङ दम्डुल लामा कार्चेन निर्वाचित हुनुभएको छ । लामा १४ हजार तीन सय ७१ मत ल्याएर निर्वाचित हुनुभएको हाे । 

उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका दल रावल नौ हजार पाँच सय १६ मत ल्याएर पराजित हुनुभएको छ । उहाँहरुबीच चार हजार आठ सय ५५ मतको अन्तर रहेको छ ।

यस्तै राप्रपाका तेजबहादुर रावतले तीन सय ७८ मत प्राप्त गर्नुभएको छ । यस्तै बदर मत सङ्ख्या पाँच सय २४ थियोे । हुम्लामा दुई वटै प्रदेश र प्रतिनिधिसभा सदस्यमा गठबन्धन विजयी भएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया