नेभिगेशन
शनिबार, असोज ३, २०८३

हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका लामा विजयी

हुम्ला – हुम्लाको प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका छिरिङ दम्डुल लामा कार्चेन निर्वाचित हुनुभएको छ । लामा १४ हजार तीन सय ७१ मत ल्याएर निर्वाचित हुनुभएको हाे । 

उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका दल रावल नौ हजार पाँच सय १६ मत ल्याएर पराजित हुनुभएको छ । उहाँहरुबीच चार हजार आठ सय ५५ मतको अन्तर रहेको छ ।

यस्तै राप्रपाका तेजबहादुर रावतले तीन सय ७८ मत प्राप्त गर्नुभएको छ । यस्तै बदर मत सङ्ख्या पाँच सय २४ थियोे । हुम्लामा दुई वटै प्रदेश र प्रतिनिधिसभा सदस्यमा गठबन्धन विजयी भएको छ ।

प्रकाशित मिति: