नेदरल्यान्ड्स र इक्वेडरबीच बराबरी : कतार समूह चरणबाट बाहिरियाे

 मंसिर ९, २०७९ शनिबार ०:१३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ । 

कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल १–१ गोलको बराबरी सकिएको हो । यस बराबरी खेलसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने नेदरल्यान्ड्सले लिएको थियोे ।

खेलको छैटौँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४९औँ मिनेटमा इक्वेडरका इनर भ्यालेन्सियाले गोल गर्दै  खेललाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै समूह ‘ए’ मा रहेका नेदरल्यान्ड्स र इक्वेडरले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेका छन् । नेदरल्यान्ड्सले दुई खेलमा ४ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । समान खेल खेलेको इक्वेडर ४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

नेदरल्यान्ड्सले पहिलो खेलमा सेनेगललाई २–० ले हराएको थियो । यस्तै इक्वेडरले आयोजक कतारलाई २–० ले नै हराएको थियो । यस समूहमा सेनेगल ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । यस समूहबाट आयोजक कतार भने लगातार दोस्रो हार बेहोर्दै समूह चरणबाट बाहिरिएको छ । कतारले २ खेलमा दुई हार व्यहोर्दै अंक जोड्न सकेको छैन । एक खेल खेल्न बाँकी रहदा कतार पुछारमा रहेको छ ।

 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया