सङ्खुवासभा प्रदेशसभा 'ख' मा एमालेका लिंथेप विजयी

 मंसिर ९, २०७९ शनिबार १:८:२८ | रासस
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभा प्रदेशसभा ख मा नेकपा एमालेका विदुरकुमार लिंथेप निर्वाचित हुनु भएको छ ।  एमालेका लिंथेपले १५ हजार चार सय ८२ मत ल्याएर निर्वाचित हुनुभएको साहयक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिनुभयो ।   

उहाँका निकटतम् प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादीका सरिता खड्काले १५ हजार दुई सय ४२ मत ल्याउनुभएको छ । एमालेका लिंथेप दुई सय ४० मतान्तरले विजयी हुनुभएको हो । खड्का अघिल्लो चुनावमा एमालेबाट  समानुपातिकतर्फ प्रदेशसभा सदस्य बन्नुभएको थियो ।  

एमालेका लिंथेप २०७४ को पालिका तह चुनावमा मादी नगरपालिकाका प्रमुख हुनुभएको थियो । जिल्लामा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई क्षेत्र रहेका छन् । जिल्लामा प्रतिनिधिसभातर्फ ६५ हजार तीन सय ३७ मत खसेको थियो । त्यसमा एक हजार ७२ मत बदर भएको थियो । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा ख मा ३४ हजार मत खसेको थियो । प्रदेशसभा ख मा एक स्वतन्त्र सहित आठ जनाले उम्मेदवारी दिएका थिए । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया