छविलाल विश्वकर्मा : तेस्रो पटक संसदमा

 मंसिर ९, २०७९ शनिबार १:४३:३१ | रासस
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा तेस्रो पटक संसद् प्रवेश गर्दै हुनुहुन्छ । सचिव विश्वकर्मा यस पटक पनि रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको छ । उहाँले आफ्नै पूर्वसहकर्मी घनश्याम भुसाललाई ३ हजार ५ सय ६४ मतान्तरले पराजित गर्नुभएको हो । 

बुटवल उपमहानगरपालिका–११, रुपन्देहीका स्याथी बासिन्दा विश्वकर्मा २०१९ मङ्सिर २३ गते स्याङ्जा जिल्लामा जन्मिनुभएको हो । विसं २०७४ को चुनावमा त्यसै क्षेत्रबाट विजयी हुनुभएका उहाँले यस पटक २४ हजार ८ सय ७२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । निकटतम प्रतिस्पर्धी भुसालले २१ हजार ३ सय ८ मत प्राप्त गर्नुभयो । भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरी सत्तागठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । 

स्व. चन्द्रबहादुर विश्वकर्मा र गंगाजमुना विश्वकर्माको कोखबाट जन्मिनुभएका विश्वकर्माले २०३७ सालमा नेकपा मालेबाट आफ्नो राजनीतिक यात्रा आरम्भ गर्नुभएको हो । उहाँ विसं २०३७ मा अनेरास्ववियु पाँचौँ उपसभापति (बुटवल बहुमुखी क्याम्पस), २०५१ सालमा नेकपा एमालेको राष्ट्रिय परिषद् सदस्य र २०५८ सालमा एमालेको वैकल्पिक केन्द्रीय सदस्य बन्नुभएको थियो । त्यसैगरी सचिव विश्वकर्मा २०६५ सालमा पार्टीको केन्द्रीय कमिटी तथा पोलिटब्यूरो सदस्य हुँदै २०७५ सालमा स्थायी कमिटी सदस्य बन्नुभएको थियो । 

विसं २०६४ सालमा कृषि तथा सहकारीमन्त्री बन्नुभएका विश्वकर्मा २०५१ सालमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य र २०५५ सालमा उपेक्षित, उत्पीडित र दलित वर्गको उत्थान विकास समितिको उपाध्यक्ष बन्नुभएको थियो । 

आफूलाई सामाजिक न्याय र समानताको पाक्षधर राजनीतिज्ञका रूपमा परिचित गराउन चाहने विश्वकर्माले तत्कालीन मालेबाट राजनीतिक यात्रा सुरु गर्नुभएको हो । गीत, लेख, रचनामा विशेष रुचि राख्नुहुने विश्वकर्मा २०६४ सालमा समानुपातिक तर्फबाट एमालेको तर्फबाट संविधानसभा सदस्य चयन हुनुभएको थियो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया