विजयको तेस्राे जित रोक्दै, तेह्रथुमबाट प्रतिनिधि सभामा सीता गुरुङ विजयी

 मंसिर ९, २०७९ शनिबार ३:१९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम - तेह्रथुमबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसकी सीता गुरुङ विजयी हुनु भएको छ । नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै गुरुङ निर्वाचित हुनु भएको हो । गुरुङले १९ हजार ७ सय २ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी सुब्बाले १८ हजार ६ सय २३ मत पाउनु भएको छ ।

गुरुङ २०७४ सालको संसदीय चुनावमा एमालेका भवानी खापुङसँग २ हजार २१ मतले पराजित हुनु भएको थियो । सुब्बा २०४८  र २०५६ को चुनावमा निर्वाचित हुनु भएको थियो । जिल्लाबाट तेस्राे पटक सांसदकाे उम्मेदवार बन्नु भएका सुब्बाको तेस्राे जित गुरुङको विजयसँगै रोकिएको छ । नेकपा एमालेकाे पकड भएकाे जिल्लाको रुपमा मानिने तेह्रथुममा यस पटक विरासत गुमाएको छ ।

त्यस्तै प्रदेशसभातर्फ भने (क) मा नेकपा एमालेका किशोरचन्द्र दुलाल र प्रदेशसभा (ख) मा नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाई विजयी हुनु भएको छ ।

गएकाे २०७४ सालको प्रतिनिधि तथा प्रदेश सभा दुवै चुनाव जितेको एमालेले यस पटक भने प्रदेश सभा १ मा मात्रै झिनो मतले जितेको छ । जिल्लामा २०७४ सालकाे स्थानीय चुनावमा ५ पालिका जितेको एमालेले गएकाे वैशाखमा सम्पन्न २०७९ सालकाे पालिका चुनावमा भने ३ पालिका मात्रै जितेको छ । ७१ हजार ९ सय ३३ मतदाता रहेका जिल्लामा ४१ हजार १ सय ८० जनाले मतदान गरेका छन । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया