थापाथलीकाे सुकुम्बासी बस्तीमा तनाव : काेही ढुंगा हान्दै, काेही झिटीझाम्टा कस्दै (तस्बिरमा)

 मंसिर १२, २०७९ सोमबार १६:१८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको थापाथलीमा रहेकाे सुकुम्बासी बस्तीकाे अवस्था तनावग्रस्त बनेकाे छ । महानगरले डोजर चलाउने काममा अवरोध भएको छ ।

काठमाण्डाै महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तरगत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको हो । तर, बस्तीमा मानिसहरुले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाण्डाै महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रर्दशन गरिरहेका छन । डोजरको प्रतिकार गर्न इट्टासमेत प्रहार भइरहेको छ ।

अहिले पनि त्यस क्षेत्रमा अवस्था तनावग्रस्त छ । काेही टायर बालेर विराेध गर्दैछन् । यस्तै झिटिझाम्टा कसेर बस्ती छाड्ने तयारीमा पनि छन् धेरैजसाे । काठमाण्डाै महानगरपालिकाले यस अघि नै ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो । यता,  प्रर्दशनकारीहरुले भने विकल्प नभई नदिई आफूहरु बस्तीबाट नहट्ने जिकीर गरिरहेका छन । उनीहरुले डोजर चलाउने डरले आफूहरुको सामानभने बाहिर निकाल्ने कामलाई पनि एकसाथ अघि बढाएका छन् । 

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Harry RAjbanshi

    Nov. 28, 2022, 8:03 p.m.

    Balen VS Sukumbasi - Ukraine VS Russia जस्तो नहोस । जाडोमा सुकुम्बासीहरुलाई बिचल्ली नबनाइयोस । बिकल्प निकालेर मात्र सुकुम्बासि बस्तिमा डोजर चलाइयोस ।।

  •  0 Reply

तपाईको प्रतिक्रिया