स्याङ्जा २ र बाजुराकाे मतगणना गर्न कांग्रेसद्वारा आयाेगलाई आग्रह

 मंसिर १३, २०७९ मंगलबार १४:२७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा २ मा कांग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली आज मङ्गलवार निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना सुरु गर्न आग्रह गर्नुभएको हो । त्यस्तै बाजुराको पनि मतगणना गर्न आग्रह गरिएको छ ।

कांग्रेस नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूलाई भेटेर मतगणना सुरु गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् । चुनावकाे समय अवधिभर कुनै पनि घटना नघटेको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले तुरुन्त मतगणना गर्नुपर्ने बताउनुभयो । 

यस्तै स्याङ्जा २ मा कांग्रेसको उम्मेदवार गुरुङले निर्वाचन अधिकृतले समेत चुनावमा धाँधली नभएको र कुनै पनि बुथ कब्जा नभएको राय दिइसकेकाले आयोगले मतगणना सुरु गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया