टिकटक 'लाइभ' गर्दै ट्रक चलाउने चालक ट्राफिक प्रहरीको कारबाहीमा

 मंसिर १३, २०७९ मंगलबार १४:३६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ट्रक चलाउँदै टिकटक 'लाइभ' गर्ने एक जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

हिजो साेमवार चितवनबाट काठमाण्डौका लागि छुटेको प्रदेश ०१ ००६ ख ३१७६ नम्बरको ट्रकका चालकले टिकटक लाइभ गर्दै गाडी चलाएको भनेर एनआरबी नाम गरेका प्रयोगकर्ताले ट्विटरबाट ट्राफिक प्रहरीलाई उजुरी गरेका थिए । फिस्लिङबाट काठमाण्डौतर्फ गुडिरहेको अवस्थामा उनले टिकटक लाइभ गरेको र जति बेला पनि दुर्घटना हुन सक्ने उजुरीका आधारमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्रक चालक मनोजकुमार श्रेष्ठलाई कारबाही गरेको हो ।  

ट्रक चालक श्रेष्ठलाई जरिबाना र सचेतना कक्षासमेत दिइएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया