उदयपुर–१ मा कांग्रेसका डा. खड्का विजयी : एमालेकी मञ्जू चौधरी पराजित

 मंसिर १४, २०७९ बुधबार ६:३६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उदयपुर–१ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जू चौधरीलाई २ हजार ३७९ मतान्तरले हराउनुभयो । परराष्ट्र मन्त्रीसमेत रहनुभएका खड्काले ३१ हजार २७० र चौधरीले २८ हजार ८९१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सुनसरी ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई हराएर नेकपा एमालेकी भगवती चौधरी विजयी हुनुभएको छ भने सुनसरी ४ मा मतगणना भइरहेको छ । सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । कार्कीले २५ हजार ९ सय ४४ र उहाँका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मतसहित पछ्याइ रहनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया