बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै - फिफा विश्व कप अन्तर्गत गएराति भएको खेलमा समूह 'एच' अन्तर्गत दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोल र उरुग्वेले घानालाई २–० गोलले पराजित गरेका छन् । यस्तै बिहान भएको समूह 'जी' अन्तर्गत क्यामरुनले ब्राजिललाई १–० र स्विट्जरल्यान्डले सर्बियालाई ३–२ गोलले हराएका छन् ।
योसँगै कतारमा चलिरहेको फिफा विश्व कप फुटबलको राउण्ड अफ १६ अर्थात् नकआउट चरणको समीकरण पूरा भएको छ । गएराति भएको समूह चरणका अन्तिम ४ खेलसँगै नकआउट चरणमा पुग्ने १६ टोलीको टुङ्गो लागेको हो । फिफाले विभाजन गरेको ८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् ।
समूह 'ए' बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता, समूह 'बी' बाट इङ्ग्ल्यान्ड विजेता र अमेरिका उपविजेता, समूह 'सी' बाट अर्जेन्टिना विजेता र पोल्यान्ड उपविजेता तथा समूह 'डी' बाट फ्रान्स विजेता र अस्ट्रेलिया उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।
यस्तै समूह 'ई' बाट जापान विजेता र स्पेन उपविजेता, समूह 'एफ' बाट मोरक्को विजेता र क्रोएसिया उपविजेता, समूह 'जी' बाट ब्राजिल विजेता र स्विट्जरल्यान्ड उपविजेता तथा समूह 'एच' बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।
अब आजदेखि सुरु हुने नकआउट चरणमा नेदरल्यान्ड्स र अमेरिका, अर्जेन्टिना र अस्ट्रेलिया, फ्रान्स र पोल्यान्ड तथा इङ्ग्ल्यान्ड र सेनेगल खेल्नेछन् । यस्तै जापान र क्रोएसिया, मोरक्को र स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड तथा दक्षिण कोरिया र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।