बाजुरा, दोलखा र स्याङ्जा-२ मा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

 मंसिर १७, २०७९ शनिबार ६:३९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाजुरा, दोलखा र स्याङ्जा–२ मा भइरहेको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

प्रतिनिधि सभातर्फ स्याङ्जाको क्षेत्र नम्बर–२ मा कांग्रेसका धनराज गुरुङले २२ हजार ४६० र एमालेकी पद्या अर्यालले २० हजार २६७ मत ल्याउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ३२ मत ल्याउनुभएको छ ।

बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ९ हजार ९५९ मत ल्याउनुभएको छ भने नेकपा एमालेका कर्ण थापाको ७ हजार २१० मत छ । 

दोलखामा माओवादी केन्द्रका गङ्गाबहादुर कार्की ७ हजार ९९५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने  एमालेका बालकृष्ण सिवाकोटीले ७ हजार २९५ मत प्राप्त गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया