अपाङ्गता भएका व्यक्तिहरुको सवालमा सरकार संवेदनशील बन्नुपर्छ : मन्त्री रेग्मी

 मंसिर १७, २०७९ शनिबार १८:४४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गता भएका व्यक्तिहरुको सवालमा तीन वटै सरकार संवेदनशील बन्नुपर्ने बताउनुभएको छ ।

शनिवार अपाङ्गता भएका व्यक्तिहरुको ३१ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग कोषले काठमाण्डौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रेग्मीले अपाङ्गता भएका व्यक्तिहरुको सवालमा तीन तहकै सरकारहरु संवेदनशील बनेर काम गर्न जरुरी रहेको बताउनुभएको हो । उहाँले दुर्गम स्थानका शारीरिक अशक्त भएर बसेका व्यक्तिहरुको सेवा प्रवाहमा पालिका तह बढी जिम्मेवार र संवेदनशील बन्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले संघीय सरकार र प्रदेश सरकारले पनि  अपाङ्गता भएका व्यक्तिहरुको सवालमा संवेदनशील भएर र बजेट छुट्याएर काम गर्नुपर्ने बताउनुभयो । मन्त्री रेग्मीले स्थानीय तहले अपाङ्गता भएका व्यक्तिहरुको सेवा, सुविधामा ध्यान नदिएको गुनासो आएको भन्दै मन्त्रालय गम्भीर बनेको बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया