दाेलखा : माओवादीका गङ्गा कार्कीलाई पछि पार्दै एमालेका बालकृष्ण शिवाकोटीकाे अग्रता

 मंसिर १८, २०७९ आइतबार ६:३९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

दोलखा - दोलखामा प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीलाई पछि पार्दै नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिनुभएको छ ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका कार्कीलाई करिब १ हजार ५ सय ३ मतले पछि पार्दै शिवाकोटीले अग्रता लिनुभएको हो । अहिलेसम्मको मतगणनामा एमालेका शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादीका कार्कीले १४ हजार ७१५ मत प्राप्त गर्नुभएको छ ।

दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेकाे थियाे । यहाँ कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए । दाेलखामा राजनीतिक दलका १४ र सात जना स्वतन्त्र उम्मेदवार गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी छन् ।

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया