चाेलेन्द्रविरुद्धकाे महाअभियाेग प्रस्ताव निष्क्रिय

 मंसिर २१, २०७९ बुधबार १३:५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ ।

सङ्घीय संसद् सचिवालयले आज बुधवार जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र सर्वोच्च अदालतमा पठाएको हो । योसँगै प्रधानन्यायाधीश जबरा अदालतमा फर्किने बाटो खुलेको छ ।

यसअघि हिजो जबराले प्रधानन्यायाधीशको नियमित कार्यसम्पादन गर्नका लागि बाटो खोलिदिन संसद् सचिवालयमा निवेदन दिनुभएको थियो । जबराको निवेदनपछि संसद् सचिवालयले प्रतिनिधि सभाको नयाँ चुनाव भइसकेका कारण अघिल्लो संसदमा दर्ता भएको महाअभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्च अदालतसहित न्याय परिषद्, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय लगायतका छ वटा निकायलाई पत्र पठाएको हो ।

आफूविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै जबराले सर्वोच्च अदालत जाने तयारी गर्नुभएको छ । यसअघि गएको फागुन १ गते जबराविरुद्ध विभिन्न आरोप लगाएर सत्तारूढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले प्रतिनिधि सभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएसँगै जबरा जबरा स्वतः निलम्बनमा पर्नुभएको थियो । 

२०१४ साल मङ्सिर २८ गते जन्मनुभएका जबरा ६५ वर्षे उमेर हदका कारण आउँदो मङ्सिर २७ गतेदेखि अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया