राजनीतिक समूहका मुद्दा फिर्ता लिन अध्यादेश ल्याउने सरकारकाे निर्णय

 मंसिर २५, २०७९ आइतबार २०:२१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  सरकारले राजनीतिक दल र समूहमा आबद्ध रहेर विभिन्न कसुरमा कारागारमा रहेका कैदीबन्दीको मुद्दा फिर्ताका लागि अध्यादेश ल्याउने निर्णय गरेको छ ।

आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलमा आबद्ध रहेर विभिन्न मुद्दामा जेलमा रहेकाहरूलाई छुटाउने गरि अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । सरकारले मुलुकी फौजदारी संहिता संशोधन गरेर मुद्दा फिर्ता लिन सहज हुने गरि अध्यादेश ल्याउने तयारी गरेको हो ।

विशेषगरि टीकापुर घटनामा संलग्न रहेका रेशम चौधरी र सीके राउत नेतृत्वको जनमत पार्टीका नेता/कार्यकर्तालाई जेलमुक्त गर्न सरकारले नयाँ अध्यादेश ल्याउन लागेको शङ्का छ । गठबन्धनमा आबद्ध दलहरूले मात्रै नयाँ सरकार बनाउन नसक्ने भएपछि बहुमत पुर्‍याउनका लागि नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको माग पूरा गर्न थालिएको हो । जनमत पार्टीले सरकारमा सहभागी हुनका लागि रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएको छ ।

सरकारले अध्यादेश ल्याएमा राष्ट्रपतिबाट जारी भएपछि मात्रै कार्यान्वयनमा आउनेछ । अहिले केही अपराधमा संलग्न रहेका कैदीलाई कानुनअनुसार माफी दिन मिल्दैन तर सरकारले ल्याउने नयाँ अध्यादेशले त्यस्ता कैदीलाई माफी दिन मिल्नेछ । सरकारले यस्तो व्यवस्था अहिलेका लागि मात्रै लागू हुने प्रावधान राख्न लागेको एक मन्त्रीको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • दीपक पाण्डे ( कपिलवस्तु )

    Dec. 12, 2022, 6:12 a.m.

    यहि गर्नकै लागि त गठवन्धन गरिएको थियो । दण्डहिनता यो सरकारको अंग बन्दैछ भन्दा अनौठो किन मान्न पर्यो र !

  •  0 Reply

तपाईको प्रतिक्रिया